Search

प्रचण्ड र नेपालले गरे कानुन व्यवसायीसँग छलफल

प्रचण्ड र नेपालले गरे कानुन व्यवसायीसँग छलफल

बाँपीझ्याला, काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् ।


बिहीबार पेरिसडाँडामा भएको छलफलमा बार एशोसियनका पदाधिकारी र पार्टीनिकट कानुन सङ्गठनका पदाधिकारी सहभागी भएको बताइएको छ ।


छलफलमा प्रचण्ड, वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत थिए । छलफलमा पाटीभित्रको विवादका बारेमा कुनै प्रशंग नउठेको सहभागी एक जना कानुन व्यवसायीले बताए । ‘नेताहरुसँग नियमित नै हुने छलफल अन्र्तगत आज पनि भएको हो त्यो भन्दा बढि केही होइन’, ती कानुन व्यवासायीको भनाइ छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment