Search

बाइडनको सङ्क्रमणकालीन वेबसाइट शुरू

बाइडनको सङ्क्रमणकालीन वेबसाइट शुरू

२० कार्तिक, बाँपीझ्याला, एजेन्सी । स‌ंयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचन नोभेम्बर महिनामा गरिने भएपनि विजयी उम्मेदवारको राष्ट्रपति पदको शपथग्रहण ज्यानुअरी २० मा मात्रै हुन्छ।

निर्वाचित भएदेखि पदभार नसम्हालेसम्म राष्ट्रपति-निर्वाचित उम्मेदवारले ‘सङ्क्रमणकालीन टोली’ बनाउने गर्छन्।

अहिलेसम्म अमेरिकी निर्वाचनको मतगणनामा जो बाइडन वा डोनल्ड ट्रम्प कोही पनि स्पष्ट विजेताका रूपमा अगाडि आएका छैनन्। दुवै उम्मेदवारले आफू विजयतर्फ उन्मुख भएको दाबी गरिरहेका छन्।

यसैक्रममा बाइडनको टोलीले भने नयाँ बेवसाइट

सुरु गरेको छ।

यसमा लेखिएको छ: “देशले सामना गरिरहेको सङ्कट गम्भीर छ – महामारीदेखि आर्थिक मन्दीसम्म, जलवायु परिवर्तनदेखि जातीयता आधारित अन्यायसम्म, र सङ्क्रमणकालीन टोलीले पूर्ण गतिमा तयारी गरिरहेको छ जसले गर्दा बाइडन-ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस्।”

बुधवार बाइडनले जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पहिलो दिनमा पुन: जोडिने वाचा दोहर्‍याएका थिए। सो सम्झौताबाट ट्रम्पले सन् २०१६ मा गरेको निर्णय स्वरूप बुधवार नै अमेरिका औपचारिक रूपमा छुट्टिएको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!