२० कार्तिक, बाँपीझ्याला, एजेन्सी । इएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइप्जिगसँग पराजित भएको छ ।
९ खेलाडीमा समेटिएको पीएसजी लाइप्जिगसँग २–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुुकु र इमिल फोर्सवर्गले गोल गरे । पीएसजीका एन्जल डि मारियाले गरेको गोल सान्वना बन्यो ।
डि मारियाकै गोलबाट पीएसजीले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले छैटौं मिनेटमा मोइस किनको पासमा गोल गरेका थिए ।
डि मारियाले नै १६औं मिनेटमा पेनाल्टी चुकाएका थिए । मोइस किनलाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहार लाइप्जिगका गोलरक्षक पिटर गुलाक्सीले विफल पारेका थिए ।
घरेलु मैदानमा भएको खेलमा लाइपजिगलाई जित दिलाउन नाकन्कु र इमिल फोर्बिगरले एक-एक गोल गरे । उता पीएसजीका लागि एन्जल डी मारियाले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा नाकन्कुले लाइपजिगको अग्रता दोब्बर पारे ।
खेलको ५७औं मिनेटमा इमिलले पेनाल्टीमार्फत गोल गर्दै लाइपजिगलाई २-० गोलको जित दिलाए । जितसँगै समूह ‘एच’को लाइपजिगले तीन खेलबाट ६ अंक जोडेको छ । पराजित पीएसजीको ३ अंक छ ।