Search

प्राइम बैंक पहिलो त्रैमासमै अर्ब क्लवमा प्रवेश, यस्तो छ वितरणयोग्य नाफा

प्राइम बैंक पहिलो त्रैमासमै अर्ब क्लवमा प्रवेश, यस्तो छ वितरणयोग्य नाफा

बाँपीझ्याला, काठमाडौं । प्राइम कर्मसियल बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै अर्ब क्लवमा प्रवेश गरेको छ । चालु आवको पहिलो त्रैमासमा रु १ अर्ब १ करोड ७६ लाख खुद नाफा कमाएर उक्त बैंक अर्ब क्लबमा प्रबेश गरेको हो ।

बैंकले बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । बैंकको यो नाफा गत आवको भन्दा बढी हो । गत आवको समिक्षा अवधीमा बैंकले रु ६५ करोड ९७ लाख ६७ हजार खुद नाफा कमाएको थियो । तर, समिक्षा अवधीमा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ मात्र रहेको छ ।

समिक्षा अवधिसम्म बैंकले ग्राहकबाट रु १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने ग्राहकलाई १ खर्ब १३ अर्ब ४४ करोड प्रवाह भएको देखिन्छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई ४ अर्ब ५१ करोड ९ लाख रुपैयाँ कर्जा दिएको छ ।

प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु ३ अर्ब ५४ करोड ३ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्तापुँजी १३ अर्ब ९८ करोड रहेको छ । बैंककले आफ्नो जगेडामा रु ५ अर्ब ४६ करोड ६५ लाख भन्दा बढी रकम जम्मा गरेको छ ।

वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी रु २९.११ रहेको छ । यसैगरी मूल्य आम्दानी अनुपात ९.८६, प्रतिशेयर नेटवर्थ १५४.२६, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १११३.२९ र तरलता अनुपात २३.९५ प्रतिशत रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!