Search

ट्रम्प र बाइडेनबीच अहिले पनि छ कडा टक्कर

ट्रम्प र बाइडेनबीच अहिले पनि छ कडा टक्कर

बाँपीझ्याला, अमेरिकी राष्ट्रपति चुनावमा मतगणना अहिले पनि जारी छ । डोनल्ड ट्रम्पले महत्वपूर्ण राज्य फ्लोरिडा, ओहायो र टेक्ससमा जीत हासिल गरेको कुरा आइरहेको छ तर अबको चार वर्षसम्म राष्ट्रपति बन्नका लागि थप राज्यमा जित्नुपर्नेछ ।

अर्कोतर्फ डेमोक्रेटिक पार्टीका जो बाइडन पनि जीततर्फ लम्किरहेका छन् तर उनका लागि पनि सबैकुरा सुनिश्चित भइसकेको छैन ।

ती राज्य जहाँको नतिजा आउनै बाँकी छः

अरिजोनाः

पारम्परिक रुपमा यहाँ रिपब्लिकन पार्टीले जीत हाँसिल गर्ने गरेको छ तर यो वर्ष यहाँको तस्बिर केही भिन्न छ । यहाँ ८६ प्रतिशत भोटको गन्ती भइसकेको छ र यसमा बाइडन अघि बढिरहेका छन् । अमेरिकाका केही नेटवर्कमा बाइडनको जीतको कुरा गरिँदैछ तर हामी सबै अन्तिम नतिजाको प्रतिक्षा गरिरहेका छौं ।

जर्जियाः

यो राज्य पनि पारम्परिक रुपमा रिपब्लिक पार्टीकै रहेको छ तर यो वर्ष यहाँ निकै ठूलो टक्कर छ । ट्रम्प यहाँ निकै थोरै मतले अघि बढिरहेका छन् तर अटलान्टा र वरिपरिको इलाकाको गन्ती अहिले पनि बाँकी नै छ ।

उत्तरी क्यारोलाइनाः

यसको पहिचान स्विंग स्टेटको रुपमा हो । अर्थात्, यहाँ दुबै पार्टीले जीत हासिल गर्ने गरेका छन् । ९५ प्रतिशत भोट गन्ती भइसकेको छ र ट्रम्प ५०.१ प्रतिशतले अघि बढिरहेका छन् जबकि बाइडनको हिस्सामा ४८.७ प्रतिशत मत खसेको छ ।

नेवाडाः

बाइडनले यहाँ कडा चुनौती पाएका छन् जबकी यो आशा गरेभन्दा विपरित हो । अहिले पनि यहाँ उनी निकै थोरै मतले अघि छन् ।

विसकन्सिनः

सन् २०१६ मा ट्रम्पको जीत अघि यहाँ दुई दशकदेखि डेमोक्रेटिक पार्टीले जीत हासिल गरिरहेको छ । यहाँ लगभग मतको गन्ती भइसकेको छ र बाइडन निकै कम अन्तरले अघि छन् । तर ट्रम्पको खेमाले यहाँ पुनः मतगणनाको माग गरिरहेका छन् ।

मिशिगनः

यहाँ पनि निकै कडा प्रतिस्पर्धा छ । बाइडन यहाँ पनि निकै कम अन्तरले अघि बढिरहेका छन् तर अहिले मतगणना पूरा भइसकेको छैन ।

पेन्सिल्वेनियाः

यहाँ इलेक्टोरल कलेजका २० भोट छन् र यो हिसाबले यो निकै महत्वपूर्ण छ । यहाँ ट्रम्प अघि छन् तर मतगणना अहिले नै पूरा भइसकेको छैन । पोस्टल ब्यालेटको गन्ती अहिले पनि बाँकी छ । बीबीसी ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment