१९ कार्तिक, बाँपीझ्याला, काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको कुनै पनि भूमि नमिचेको बताए । सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।
उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।
चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।