१९ कात्तिक, बाँपीझ्याला, काठमाडौं । भारतका स्थल सेना प्रमुख एम. एस. नरवाणे बुधबारबाट तीन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा आउन लागेका हुन् ।
नेपाल र भारतबीच सीमा समस्या रहेको अवस्थामा नरवाणेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । दुई देशबीच जुनसुकै समस्या रहँदा पनि जनस्तर र सैन्यस्तरमा सम्बन्ध प्रगाढ नै रहन्छ भन्ने सन्देश हो यो ।
सैन्य तहमा दुई देशबीच घनिष्ठ सम्बन्ध छ । नेपाली सेनाका प्रधानसेनापति भारतको सेनाका मानार्थ सेनापति र भारतका सेनापति नेपाली सेनाको मानार्थ सेनापति रहने परम्परा रहिआएको छ ।
नरवाणेले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको उपाधि लिनेछन् । यसबाहेक उनले समकक्षी पूर्णचन्द्र थापालगायत उच्च सैनिक अधिकृतहरुसँग विशेष भेटवार्ता गर्नेछन् ।
नरवाणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
बिहेपछि अन्तरङ्ग फोटो खिचेकोमा दुर्व्यवहारमा परेको भारतीय जोडी
नेकपामा विवादमा राष्ट्रपति भण्डारीको कुट्नितिक चाल
नागमणी देखाएर करोडौ रकम ठगी गर्ने ३ जना पक्राउ
भारत सकारात्मक सीमा सम्बन्धी बैठक गर्न
भारतीय सेनापति आउनुअघि जर्नेलको फुली
नेपाल र भारतबीचको सैन्य सम्बन्धले दुई देशबीच राजनीतिक सम्बन्धमा समस्या आउँदा पनि आपसी सम्बन्धलाई मजबुत बनाउने गरेको छ । विगतमा नाकाबन्दीको बखत समस्या समाधान गर्न सैन्य तहबाट भुमिका भएको थियो ।
यसपटक सीमा समस्याले उत्पन्न समस्या समाधानमा पनि सैन्य सम्बन्धले भुमिका खेल्न सक्छ ।
भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले भारतका सेनाप्रमुख नरवाणेको भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।