Search

कुमारी बैंकका ग्राहकलाई पवन मिठाई भण्डारमा मिल्नेछ विशेष छुट

कुमारी बैंकका ग्राहकलाई पवन मिठाई भण्डारमा मिल्नेछ विशेष छुट

बाँपीझ्याला, काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिठाई भण्डारसँग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५% छुट प्राप्त गर्न सक्नेछन् ।

मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् । यसै बीच नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकवर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवारजनसँग हर्षोल्लासका साथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिठाई भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!