Search

माउण्टेन इनर्जीको आईपीओ कात्तिक २६ देखि बिक्री खुला

माउण्टेन इनर्जीको आईपीओ कात्तिक २६ देखि बिक्री खुला

बाँपीझ्याला, माउण्टेन इनर्जी नेपालले १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्ने भएको छ । लागेको हो । सो आइपिओ कात्तिक २६ गतेदेखि निष्कासन हुने छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

२ प्रतिशत ( ३९ हजार ३ सय ६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४ सय १ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । यस आईपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म र त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसतभन्दा कम आधार जनाउँछ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!