Search

सनराईज बैंकले संचालनमा ल्यायो एकैदिन ३ नयाँ शाखा, शाखा संख्या १३९ पुग्यो

सनराईज बैंकले संचालनमा ल्यायो एकैदिन ३ नयाँ शाखा, शाखा संख्या १३९ पुग्यो

बाँपीझ्याला, काठमाडौं । सनराईज बैंकले एकैदिन ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा विस्तार संगै बैंकको १ सय ३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना बनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!