Search

भोलिदेखि मोटरसाइकल नवीकरणमा जोरविजोर प्रणाली लागू हुने

भोलिदेखि मोटरसाइकल नवीकरणमा जोरविजोर प्रणाली लागू हुने

बाँपीझ्याला, काठमाडौं । प्रदेश सरकार बाग्मती यातायात व्यवस्थापन कार्यालयले भोलि मंगलबारदेखि मोटरसाइकल नवीकरणमा जोरविजोर प्रणाली लागू गर्ने भएको छ । बाग्मती प्रदेश प्रमुख कार्याल सतुङगलले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदा सम्म अनिश्चितकालका लागि कार्यालबाट प्रवाह हुने मोटरसाइकलको ब्लूबुक नवीकरण सेवामा जोरविजोर प्रणाली लागू हुने जनाएको हो ।

कार्यालयकाअनुसार मंगलबारदेखि जोर दिन जोर नम्बर प्लेट भएका र विजोर दिन विजोर नम्बर प्लेट भएका मोटरसाइकलहरुको मात्र ब्लूबुक नविकरण हुनेछ । तथापि सवारी दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणमा जोरबिजोर प्रणाली लागू गरेपनि सवारी साधनको नामसारी भने दैनिक ६० वटा मात्र हुने कार्यालयले जनाएको छ ।

ब्लूबुक नवीकरण नामसारी लगायका सेवाका लागि कूल ६ वटा फाँट रहेको कार्यालयले प्रत्येक फाँटबाट १०÷१० वटाका दरले दैनिक ६० वटा टोकन वितरण गर्ने र सोही टोकनका आधारमा सेवा प्रवाह गर्ने बताएको हो । यद्यपि, कार्यालयबाट प्रवाह हुने ब्लूबुकको प्रतिलिपि, सरुवा सहमति, नामसारी रोक्का, लगत कट्टा, दर्ता खारेजी, सवारी साधन विवरण लगायतका अन्य सेवाहरु भने नियमित रुपमा नै सञ्चालन हुने कार्यालयले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment