Search

ओली र प्रचण्डलाई पार्टी प्रवक्ता श्रेष्ठका दुई पत्र

ओली र प्रचण्डलाई पार्टी प्रवक्ता श्रेष्ठका दुई पत्र

१७ कात्तिक, बाँपीझ्याला, काठमाडौं । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दुईपटक लिखित ध्यानाकर्षण पत्र लेखेर प्रवक्ता श्रेष्ठले ‘कोभिड– १९ बाट उत्पन्न स्वास्थ्य संकट तथा जनजीविकाको समस्याको गम्भीरता एवं संवेदनशीलतालाई ध्यान दिँदै यसबारे छलफल गरी आवश्यक निर्णय लिन तत्काल पार्टी केन्द्रीय सचिवालयको बैठकको आयोजना गर्न’ माग गरेका हुन् ।

पहिलाे पत्र गत १ कात्तिकमा छुट्टाछुट्टै लिखित पत्र बुझाए पनि बैठक बोलाउनेतर्फ कुनै कदम नचालिएको भन्दैै उनले ९ कात्तिकमा लेखेको पत्रमा नेतृत्वको कार्यशैलीप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।
दोस्रो पत्रमा प्रवक्ता श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँगको भेटप्रति विरोध जनाउँदै छुट्टै तीनबुँदे असहमतिसमेत राखेका छन् ।

‘अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिविना कूटनीतिक आचारसंहिता एवं मूल्यको उल्लंघन हुने गरी गर्नुभएको ‘भेटवार्ता’ गलत भएको, त्यसले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा एवं कूटनीतिक ओजलाई गिराउने कार्य गरेको र पार्र्टी तथा सरकारको छविमा नकारात्मक असर पु¥याएकाले त्यसप्रति असहमति जनाउँदै विरोध गर्दछु,’ श्रेष्ठको पत्रमा छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment