Search

नेकपाका ६ शीर्ष नेताहरूको खुमलटारमा जमघट

नेकपाका ६ शीर्ष नेताहरूको खुमलटारमा जमघट

बाँपीझ्याला, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६ शीर्ष नेताहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा जम्मा भएर भावी रणनीति तय गर्नेबारेमा छलफल गरेका छन् ।

आइतवार अपराह्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ खुमलटारमा जम्मा भएका हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपक्षका मन्त्रीहरू हटाउने चर्चा चलिरहेका बेला शीर्ष नेताहरूको समूह खुमलटारमा बसेको हो ।

ओलीले आफू पक्षका दुई मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएका थिए । ‘छलफलकै क्रममा मुख्यमन्त्री शाहीले फोन गरेर के गरौँ भनेर सोधेको स्रोतले दाबी गर्यो ।

नेताहरूले मुख्यमन्त्री शाहीलाई ओलीपक्षका मन्त्रीहरू हटाउने निर्णय तत्काल नलिन सुझाव दिएपछि शाही पछि हटेका हुन् ।

छलफलमा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्नसक्ने सम्भावनाका बारेमा पनि कुराकानी भएको थियो ।

आइतवार नै महासचिव विष्णु पौडेलले फेसबूकमा लेख्दै पार्टी एकता जोगाउन नेताहरूलाई आग्रह गरेका थिए ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पार्टीको विवाद समाधान हुने गरी निर्णय गरेपनि प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नगरी एकलौटी गर्न थालेपछि विवाद झन् गहिरिएको हो ।

शनिवार भएको ओली प्रचण्डबीचको छलफल बिनानिष्कर्ष टुंगिएपछि ओली र प्रचण्ड दुवै पक्षले आ-आफ्नो रणनीति बनाउन छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!