Search

नेपालले स्वीकारेन भारतको ‘एयर बबल स्किम’, कम्तिमा एक महिना नेपाल-भारत हवाई उडान नहुने

नेपालले स्वीकारेन भारतको ‘एयर बबल स्किम’, कम्तिमा एक महिना नेपाल-भारत हवाई उडान नहुने

१६ कात्तिक, बाँपीझ्याला, काठमाडौं । नेपाल र भारतबीच ११ चैत २०७६ यता रोकिएको हवाई उडान अझै कम्तिमा एक महिना सुरु नहुने भएको छ ।

भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो साता एयर बबल स्किममा सहभागी भई भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको थियो ।

मन्त्रालयले १ कात्तिकबाट उडान सुरु गर्ने गरी प्रस्ताव परेको थियो । सो प्रस्ताव सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि पास भने नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

सोहीकारण तत्काल भारतका लागि नेपालबाट हवाई उडान नहुने भएको हो । भारत सरकारले ३० नोभेम्बर २०२० सम्म लागू हुने गरी अन्तराष्ट्रिय व्यवसायिक उडानमा प्रतिवन्ध लगाएको छ । सोहीकारण भारतमा कम्तिमा १ महिना उडान नहुने भएको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment