सामाजिक संजालका लगानीकर्ताको प्रचारप्रसार विपरित ओरोलो लाग्दै नेप्से, सस्तो सेयरमा झुम्मिए लगानीकर्ता

बाँपीझ्याला, काठमाडौं । दशैँ पछिको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएसँगै सामाजिक संजालमा सक्रिय सेयर लगानीकर्ताहरुले नेप्से अलटाईम हाई, बुल रेसजस्ता विचार प्रकट गर्दा अबका दिनमा नेप्से परिसुचक ओरालो नलाग्ने विचारहरु पोष्ट गरे । केही ठूला लगानीकर्ता तथा बजारमा लगानीकर्तालाई सूचनाको पासो (इन्फर्मेशन ट्रर्याप) मा पार्न छदम्भेसी नाममा सक्रिय लगानीकर्ताहरु आफ्नो स्वार्थ अनुरुपमा पोष्टहरु फेसबुकलगायतका सामाजिक संजालमा छरपष्ट बनाए ।

तर बुधबार ४१ अंकले बढेको नेप्सेको रौनक १ दिन पनि टिक्न नसकी बिहीबार सामान्य रुपमा घट्न पुगेको थियो । त्यससँगै सामाजिक संजालमा सक्रिय धेरै लगानीकर्ताले बिहीबार सामान्य करेक्सन भएको र आईतबार दोहोरो अंकमा बढ्ने भन्दै सोही अनुरुप बजारमा प्रवेश गर्न लगानीकर्तालाई प्रेरित गरेका थिए ।

सामाजिक संजालमा सक्रिय लगानीकर्ताले बजार बढ्ने भन्दै आफु अनुकुलका सुचनाहरु पोष्ट गरेपनि आईतबार ठिक त्यसको विपरित बजार घट्न पुग्यो । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४ दशमलव ७२ अंकले घटेर बन्द भएको छ । जसमा बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बीमा लगायतका समुहको परिसुचक ओरालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १५ अंकले घटेको छ भने विकास बैंक समुहमा ११ अंकको गिरावट आएको छ । बजारमा लगानीकर्ताको रोजाईमा जलविद्युत र कम मूल्य भएको कम्पनीको सेयर परेको छ ।

अहिले कम्पनीहरुले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने समय रहेको र संस्थापक कम्पनीको सेयर खरिद गर्दा प्रतिफलको दर उच्च हुने देखिएकाले पनि लगानीकर्ताको आकर्षण त्यसतर्फ रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले कोरोनाका कारण बैंक तथा ठूला कम्पनीहरुले धेरै लभांश दिन सक्ने अवस्थामा छैनन्,’ एक लगानीकर्ताले भने, ‘थोरै लगानीमा बढी लाभांश सुरक्षित गर्न मूल्यमा तलभाथि गर्नका लागि पनि अहिले लगानीकर्ताहरुले सस्तो कम्पनीको सेयर उठाई रहेका छन् ।’

तर आईतबार नेप्से पसिुचक घटेपनि कारोबार मूल्यले भने साथ दिएको छ । दिनभर कुल २ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १९६ कम्पनीको १ करोड ६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । साथै बजारमा गत हप्तादेखि मात्रै कारोबार सुरु भएको शिव श्री हाईड्रोको सबैभन्दा बढी २३ करोड २७ लाख रुपैयाँका सेयर खरिदबिक्री भएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

You May Also Like

More From Author

+ There are no comments

Add yours