Search

जनकको ‘सिमसिमे पानी पर्‍यो..’ सार्वजनिक

जनकको ‘सिमसिमे पानी पर्‍यो..’ सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । गीतकार जनक रावलले लोकप्याट्रनमा डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो…’ ल्याएका छन् । किरण माइकल घिमिरेले संगीत दिएको गीत भिडियोसहित सार्वजनिक भएको हो । रुपक डोटेल र शसिका राईको स्वर रहेको गीतको भिडियो यादव पुडासैनीले निर्देशन गरेका हुन् ।

बालापनको कथा भन्न खोजिएको भिडियोमा निश्चल रावल र निकिशा बिमलीको अभिनय देख्न सकिन्छ । भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङ पनि देखिएका छन् । नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!