Search

दाजुभाइको शव पोखरीमा फेला

दाजुभाइको शव पोखरीमा फेला

१२ कार्तिक, सिराहा । सिराहामा एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ ।

नरहा गाउँपालिका- ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद यहसानको शव सोमबार बेलुका पोखरीमा भेटिएको हो ।

खोरिया गाउँदेखि करिब सात सय मिटर पश्चिममा रहेको पोखरीमा दुवै बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताए ।

दिउँसो ३ बजेदेखि बेपत्ता उनीहरूको खोजी गर्ने क्रममा दुवै दाजुभाइको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको डिएसपी जयसवालले बताए ।

माछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी जैसवालले बताए ।

उक्त वडाका वडाध्यक्ष अनिसुल अन्सारीले दुवै बच्चा हराएको होहल्ला चलेपछि खोजी गर्ने क्रममा बेलुकी ७ बजेतिर शव फेला परेको बताए ।

दुवै बालकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको डिएसपी जैसवालले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!