Search

द लाखे ब्याण्डद्वारा मालाश्री धुन सार्वजनिक (भिडीयो सहित)

द लाखे ब्याण्डद्वारा मालाश्री धुन सार्वजनिक (भिडीयो सहित)

बाँपीझ्याला, काठमाडौं । द लाखे ब्यान्डद्धारा दशैंको अवसरमा पृथक शैलीमा मालाश्री धुन सार्वजनिक गरेको छ । विगत १३ वर्ष अगाडी यो ब्यान्डको स्थापना भएको थियो । वि.स.२०६५ सालमा स्थापना भएको यस ब्यान्डले स्थापनाकालबाटै आफूलाई पृथक रुपमा प्रस्तुत गर्दै आईरहेको छ । यसैक्रममा यो ब्यान्डले दशैं बिशेष मालाश्री धुन सार्वजनिक गरेको हो । द लाखे ब्यान्ड ले सार्वजनिक गरेको फ्यूजन धुनको गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधार र दीपेन शाक्य रहेका छन् । यसैगरी बेसमा प्रमोद आचार्य रहेका छन् भने ड्रममा ईन्द्रमान महर्जन रहेका छन् । आफूहरुल मिहेनतका साथ तयार पारिएको यस मालश्री धुनलाई श्रोताहरुले रुचाउनेमा विश्वस्त रहेको ब्यान्डका संस्थापक नवरस श्रेष्ठको भनाई रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!