Search

एनटर्क रेस एडिसनको सफलतापछि टीभीएसले ल्यायो ‘सुपर स्क्वाड एडिसन’

एनटर्क रेस एडिसनको सफलतापछि टीभीएसले ल्यायो ‘सुपर स्क्वाड एडिसन’

०९ कार्तिक, काठमाडौं । टीभीएस एनटर्क १२५ रेस एडिसनको सफलतापछि कम्पनीले नयाँ सुपर स्क्वाड एडिसन बजारमा ल्याएको छ ।

कम्पनीले एभेन्जर इन्सपायर ग्राफिक्सको साथमा तीन नयाँ कलरमा यसलाई भारतमा बिक्री सुरु गरेको हो । ‘स्टेल्थ व्ल्याक, इन्भेकेवल रेड र कम्व्याट ब्ल्यू कलरले नयाँ एनटर्क निकै फरक र स्टाइलिस देखिएको छ ।

कलर बाहेक अन्य मेकानिकल पाटर्समा कुनै परिवर्तन नगरिएको एनटर्क सुपर स्क्वाड एडिसनमा कनेक्ट फिचर भने अझै परिस्कृत बनाइएको छ । यसमा रहेको कनेक्ट फिचर स्पेसिफिक्स क्यारेक्टरमा आधारित रहेर कष्टुमाइज गरिएको छ । यो युवाहरुलाई आकर्षण गर्ने फिचरमा पर्छ ।

पहिलेको तुलनामा भारतमा नयाँ एडिसनको भारतमा एक्स शोरुम मूल्य २ हजार ५०० सय रुपैयाँ बढी रहेको छ । एनटर्क सुपर स्क्वाड एडिसन एलइडी डिआरएल र एलइडी हेडल्याम्प, हजार्ड ल्याम्प उपलब्ध रहेको छ ।

टीभीएस एनटर्क १२५ नेपालमा स्टाइल र प्रविधिका लागि परिचित छ । सन् २०१८, सेप्टेम्बरमा पहिलो पटक नेपालमा सार्वजनिक भएको एनटर्क १२५ अहिले सर्वाधिक बिक्री हुने प्रिमियम स्कुटर बनिसकेको छ ।

यसमा १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४-स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ९.४ पीएस पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

यसअघिका दुबै एडिसन नेपाल आएकाले नयाँ सुपर स्क्वाड एडिसनपनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment