Search

द्वाल्खा म्यासमुचा खलकबाट गणेश मन्दिर प्रवेशद्वार निर्माण गर्दै

द्वाल्खा म्यासमुचा खलकबाट गणेश मन्दिर प्रवेशद्वार निर्माण गर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखाबाट बाहिर विहे गरेर जाने चेलिबेटिको सक्रिय संस्था द्वाल्खा म्यासमुचा खलकबाट भीमेश्वर नगरपालिका वडा नं २ दोलखा गणेशटोलमा अवस्थीत प्रसिद्व श्री गणेश मन्दिर र राजहिटि पदमार्गको तारिगाउमा म्यासमुचा खलकका संरक्षकद्वय ज्योती सैजु र सकुना श्रेष्ठज्युको विशेष सहयोगमा प्रवेशद्वार निर्माण गर्न लागेको द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष कलावति श्रेष्ठज्युले बताउनु भयो ।

दोलखाको हरेक सामाजिक कार्य सुख दुख र निमार्णकार्यमा सहभागी हुँदै आएको यस म्यासमुचा खलकले यो एक ऐतिहासिक कार्य गर्न लागेको हो । यसै गरी म्यासमुचा खलक र समाजसेवि संरक्षक सकुना श्रेष्ठज्युको पहलमा माथिल्लो बजारमा रहेको महादेव मन्दिर पुनः निमार्ण गरिएको स्मरण गराउन चाहन्छौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!