Search

बेलायतमा खोपको परीक्षण गर्न स्वास्थ स्वयमसेवकहरुलाई कोरोनाले संक्रमित गराइने !

बेलायतमा खोपको परीक्षण गर्न स्वास्थ स्वयमसेवकहरुलाई कोरोनाले संक्रमित गराइने !

०७ कात्तिक, बाँपीझ्याला, काठमाडौं । कारको बिक्रीमा कोभिड १९ को असर देखिएको छ । यस वर्षको दशैंमा नयाँ मोडलका कार ल्याउने कम्पनीहरुको बिक्री उत्साहजनक भएपनि नयाँ मोडल नहुनेहरुको बिक्री ठिकठाक रह्यो ।

सबै कम्पनीले असोजको पहिलो हप्ताबाट स्कीम ल्याएका थिए । यसरी स्कीम ल्याउने कम्पनीहरुमा हुन्डाई, मारुती सुजुकी, टाटा, निसान, डिएफएसके, किया लगायतका कम्पनी थिए ।

‘अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत हाराहारीमा बिक्री कम भएको छ । यो वर्ष केहि कम्पनीले अघिल्लो वर्षको ७० प्रतिशत हाराहारीमा बिक्री गरेको भएपनि केहि कम्पनीले ५० प्रतिशत हाराहारी मात्रै बिक्री गर्न सफल भएका छन् । यसले औषतमा अघिल्लो वर्षको तुलनामा बिक्री ४० प्रतिशतले घटेको छ’, एक अटो बिक्रेताले भने ।

जीप, महिन्द्रा, स्कोडा, टोयोटा जस्ता कम्पनीले दशैं केन्द्रित अफर ल्याएनन् । अफर नै नल्याएपनि जीप, स्कोडा र टोयोटाले नयाँ मोडल सार्वजनिक गरेका थिए । जीपले ९ स्पीड अटोमेटिक कम्पास ल्याएको थियो भने टोयोटाले कोरोला क्रस बजारमा उतारेको थियो । स्कोडाले पनि केही समयअघि र्यापीड टिएसआई इन्जिन बजारमा ल्याएको थियो । नयाँ मोडलको बिक्री सुरु गरेसँगै यी तीनै कम्पनीले निकै राम्रो बिक्री गर्न सफल भए ।

महिन्द्राले कुनै स्कीम ल्याएन । विशेषत नयाँ मोडल नभएकाले कम्पनीले कुनै किसिमको अफर नल्याएको जनाएको छ । विगतमा पनि महिन्द्रा डिस्काउन्ड अफर नल्याउने कम्पनीमा पर्छ । महिन्द्राले आफ्नो बलेरो र स्कर्पियो पीकअपको बिक्री निकै राम्रो गरेको छ ।

हुन्डाईले यो अवधिमा सबैभन्दा बढी नयाँ गाडी बजारमा ल्याएको थियो । हुन्डाई अउरा, नियोस र नयाँ जेनेरेशन क्रेटा यस अवधिमा नेपाल आएका नयाँ मोडल हुन् । कम्पनीले यी तीन मध्य नियोस र नयाँ जेनेरेशन क्रेटा निकै राम्रो बिक्री गरेको थियो ।

मारुती सुजुकीले दशैं केन्द्रित नयाँ मोडल ल्याएन । यद्यपी उसको पेट्रोल इन्जन युक्त भिटारा ब्रेजा नेपालमा नयाँ मोडल नै थियो । कम्पनीले २० प्रतिशत डाउन पेमेन्ट र मोटरसाइकलसँग एक्सचेन्ज गर्ने अवशर प्रदान गरेको थियो । यद्यपी २० प्र्रतिशत डाउन पेमेन्ट अफर सरकारले तोकेको मापदण्ड विपरित रहेको थियो ।

त्यस्तै टाटाले एकै दिन १११ यूनिट कार ग्राहकलाई हस्तान्त्रण गरेर बजारमा टाटाका कार खोज्ने मानिस धेरै छन् भन्ने संदेश दिएको थियो । टाटाले पनि दशैंअघि पारेर अल्ट्रोज बजारमा ल्याएको थियो ।

कियाले पनि राम्रै यूनिट कार बिक्री गरेको जनाएको छ भने उसले दशैंमा सोनेट एसयूभीको बुकिङ खुल्ला गरेको थियो ।

फक्सवागनले नयाँ पोलो, डिएफएसकेले नयाँ ग्लोरी ५६०, डाट्शनले रेडी गो फेसलिफ्ट, एमजीले इजेडएसको नयाँ मूल्य सार्वजनिक, रेनोले क्वीड फेसलिफ्ट मोडल बजारमा उतारेर ग्र्राहकलाई नयाँ छनोट प्रदान गरेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!