Search

बेलायतमा खोपको परीक्षण गर्न स्वास्थ स्वयमसेवकहरुलाई कोरोनाले संक्रमित गराइने !

बेलायतमा खोपको परीक्षण गर्न स्वास्थ स्वयमसेवकहरुलाई कोरोनाले संक्रमित गराइने !

०७ कात्तिक, बाँपीझ्याला, एजेन्सी । इम्पेरियल कलेज लन्डनले बुधबार कोभिड–१९ को पहिलो ‘ह्युमन च्यालेन्ज स्टडी’ सम्बन्धी योजना घोषणा गरेको छ जसमा खोपको प्रभावकारीता परीक्षण गर्न स्वस्थ स्वयमसेवकहरुलाई कोरोना भाइरसले संक्रमित गराइने बताइएको छ ।

यो खबरसँगै अहिले यस प्रक्रियालाई विवादास्पद ठहर गरिएको छ । यसबाट कोभिड विरुद्धको अध्ययन र खोप विकासमा अनुसन्धानकर्ताहरुलाई फाइदा पुग्ने भएपनि यसले स्वस्थ व्यक्तिहरुको जीवन जोखिममा पार्न सक्छ ।

तर वैज्ञानिकहरुले खोप ट्रायलको समय कम गराउनका लागि यो जरुरी भएको तर्क गरिरहेका छन् ।

तिनका अनुसार कतिपय क्षेत्रमा संक्रमण दर कम हुँदै गएकाले खोप लगाएका स्वयमसेवकहरुलाई भाइरसको सम्पर्कमा आउन लामो समय लाग्न सक्छ तर भाइरस सिधै तिनको शरीरमा प्रवेश गराउँदा नतिजा छिटै देख्न सकिनेछ र खोप विकासमा एकदमै थोरै समय लाग्नेछ ।

वैज्ञानिकहरुले यसअघि पनि विभिन्न रोग विरुद्धका खोप निर्माण गर्दा यस्तै किसिमको मोडल अपनाइसकेका छन् । जस्तै सबैभन्दा पहिले एडवर्ड जेनरले ‘स्मलपक्स’ विरुद्धको अध्ययनमा आफ्नो खोज प्रमाणित गर्न आफ्नै छोरालाई संक्रमित गराएका थिए । यसैगरी ‘एचवानएनवान इन्फ्लुएन्जा’ विरुद्धको खोप परीक्षण गर्दा पनि धेरै मानिसहरुलाई फ्लुसँग सम्पर्कमा ल्याइएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!