Search

फिल्म ‘चिलगाडी’ घोषणा

फिल्म ‘चिलगाडी’ घोषणा

बाँपीझ्याला, काठमाडौँ । फिल्म ‘चिलगाडी’ निर्माण घोषणा गरिएको छ । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म फूलपातीको अवसर पारेर घोषणा गरिएको हो ।
सेलिब्रेटी नेपाल मिडियाको ब्यानरमा संचारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्मका निर्देशक जनकदीप पराजुली रहेका छन् ।

सामाजिक कथामा बन्न लागेको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानको छायाँकन रहने फिल्मका लागि नाजिर बाहेकका कलाकार भने छनौटको क्रममा छन् ।
आगामी फागुनबाट फ्लोरमा जाने बताइएको फिल्म २०७८ सालको दशैंमा रिलिज हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!