Search

दशैंमा मोटरसाइकल बिक्रीको नयाँ रेकर्ड

दशैंमा मोटरसाइकल बिक्रीको नयाँ रेकर्ड

०६ कार्तिक, बाँपीझ्याला, काठमाडौं । हरेक वर्ष दशैं, हितार र छठ पर्वलाई केन्द्रित गरेर मोटरसाइकल बिक्रेता कम्पनीहरुले मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक लक्षित अफरहरु ल्याउने गरेका थिए । यो वर्षपनि अफरहरु आए तर, ग्राहकको चाहना छुट्टै थियो ।

मोटरसाइकल बिक्रेता मुख्य कम्पनी बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी, अप्रिलिया, भेष्पा, केटीएम, बेनेली, रोयल इन्फिल्ड जस्ता कम्पनीले यस वर्षको दशैंमा पहिले जस्तो धेरै छुटको अफर गरेनन् । उनिहरुले ठूला एक्स्चेन्ज मेला पनि लगाएनन् ।

व्यवसायीहरु यो समयमा एक्सचेन्ज मेला धेरै परिणाममुखी नहुने ढुक्क थिए । त्यसैले उनिहरुको प्राथमिकता एक्सचेन्जमा परेन । उनिहरु नयाँ मोटरसाइकल नै बेच्न चाहन्थे । स्कीम पनि त्यहि अनुसार ल्याए । नगदमा किन्दा छुट, ५० प्रतिशत डाउन पेमेन्टगर्दा व्याज नलाग्ने सबै कम्पनीको लगभग एउटै स्कीम थियो ।

मोटरसाइकल बिक्रेता कम्पनी बीच हुने बिक्री हानथापमा यस वर्ष नयाँ चित्र देखियो । सबै अर्काको मोडलको कमजोरी देखाउन भन्दा आफ्ना उत्पादन ठिक रहेको विषय ग्राहकलाई बुझाई रहेका भेट्टिए ।

दशैंमा मुख्य कम्पनीहरु बजाज, होन्डा, यामाहा र टीभीएस बीच राम्रै प्रतिस्पर्धा देखियो । यो दौडमा बजाजले बाजी मार्यो भने अन्य तीन कम्पनीले पनि अघिल्लो वर्षको दशैंको तुलनामा यसवर्ष दोब्बर बढीले बिक्री गर्न सफल भए । यद्यपी कसको कति बिक्री भएको छ भन्ने तथ्यांक बाहिर आइसकेको छैन ।

यातायात कार्यालय कोभिड १९ को संक्रमणको कारण चाँडै बन्द भयो । त्यसैले अहिले कम्पनीहरुले डेलिभरी दिएका मोटरसाइकल नामसारी हुन सकेको छैन । त्यसैले दशैंमा कुन कम्पनीले कति मोटरसाइकल बिक्री गरे भन्ने एकिन तथ्यांक दशैंपछि मात्रै थाहा पाउन सकिने छ ।

हामीले सबै मोटरसाइकल बिक्रेता कम्पनीहरुसँग गरेको कुराकानीको आधारमा अघिल्लो दशैंको तुलनामा यसवर्ष दोब्बर बढी बिक्री भएको छ ।

किन बढ्यो बिक्री ?
मोटरसाइकलको बिक्री बढ्नुमा कोभिड १९ लाई मुख्य कारण मानिएपनि चैतपछिको सम्पूर्ण बिक्री चाप दशैंमा केन्द्रित भएको अनुमान लगाउन सकिन्छ ।

उसोत कम्पनीहरुले असार र साउनमा ठूलो छुटको स्कीम सहित मोटरसाइकलको स्टक क्लियरेन्स गरेका थिए । भदौमा स्थानीय सरकारहरुले निषेधाज्ञा जारी गरेकाले कम्पनीहरु धेरै सामान मगाए र दशैंको तयारीमा जुट्ने मौका पाए ।

सार्वजनिक आयात चढ्न डरलाग्दो अवस्था र लामो समयको खरिदकर्ताको पखाईको परिणामको कारण नै मोटरसाइकलको बिक्री उच्च भएको मान्न सकिन्छ ।

बिक्रेताले मूल्य बढाए अफर घटाए
कम्पनीहरुले ल्याउने स्कीममा पनि कटौति भयो । असारमा ल्याएको स्कीममा सामान्य चल्तीको मोडलमा १५ हजारसम्म नगद छुट दिएका कम्पनीले दशैंमा अधिकतम १२ हजारमा सिमित गरे ।

सुजुकीले १२ हजार, बजाजले १० हजार, टीभीएसले ९ हजार, यामाहाले ८ हजार, हिरो ५ हजार र होन्डाले ४ हजार मात्रै नगद छुट दिने स्कीम ल्याए ।

कम्पनीहरुले सून्य प्रतिशत व्याजदरको स्कीम ग्राहकले सबैभन्दा बढी मनपराए । यो स्कीममा ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम १८ किस्तामा तिर्ने सुविधा पाए । जसमा कुनै व्याज लाग्दैन थियो । त्यसैले धेरै मानिसले यो स्कीमको फाइदा लिएर मोटरसाइकल किने ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment