Search

दोलखा भीमेश्वरमा नवमीको दिन सर्वसाधारणबाट गरिने बलिपूजा नहुने, कालरात्री पूजा लगाएत अन्य गुठी संग सम्वन्धी रात्रीकालीन पूजा हुने

दोलखा भीमेश्वरमा नवमीको दिन सर्वसाधारणबाट गरिने बलिपूजा नहुने, कालरात्री पूजा लगाएत अन्य गुठी संग सम्वन्धी रात्रीकालीन पूजा हुने

अजय प्रधान,

बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको ऐतिहासिक शहर हालको भीमेश्वर नगर वडा नं. २ दोलखा स्थित भीमेश्वर मन्दिरमा यस वर्ष बली पुजा नहुने भएको छ । विश्व भरी महामारीको रुपमा फैलिएको कोविड –१९ को संक्रमणबाट सर्वसाधारण लगाएत स्थानिय जनताहरुलाई संक्रमण हुनबाट बचाई राख्न हालसम्म मन्दिरको रासपूजा लगाए अन्य नित्यपूजाहरु बाहेक सर्वसाधारणको पूजाहरुलाई निषेध गरिएको छ ।

यस सम्वन्धमा श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितीले दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीज्यूको आतिथ्यमा र सुरक्षा निकाय प्रतिनिधी, गुठीयार र सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा गत असोज ११ गते सम्पन्न बैठकले हाललाई मन्दिरमा गर्नु पर्ने सरकारी तथा गुठीका पूजाआजा र नित्य पूजाहरु बाहेक सर्वसाधारणको लागि मन्दिर नखोल्ने भनी निर्णय गरिएको थियो ।


नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा फुलपातीदेखि नवमीसम्म दोलखा भीमेश्वर लगाएत यसभित्र रहेका बिभिन्न देव देवालय र शक्तिपिठमा बलीपूजा दिने प्रचलन रहेको छ । तर यसपाली भने सर्वसाधारणहरु बाट भीमेश्वर मन्दिरमा दिईन बलि पूजा नहुने भएको छ । तर सरकारी पूजा र गुठी संग सम्वन्धी बिभिन्न पूजाहरु भने नियम संगत गरिनेछ । जुन दिउँसो गरिने पूजाहरु भन्दा पनी रात्रीकालिन समयमा गरिने पूजा जस्तै कालरात्रीको नामले पुजिने दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी र राजकुलेश्वर तलेजु मन्दिर लागाएतका मन्दिरमा गरिने पूजाआजाहरु यथावत रुपमा गरिने छ भनी भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।


स्मरण गर्नु पर्ने कुरा के छ भने गत वर्ष मात्रै दोलखा भीमेश्वर मन्दिरमा सर्वसाधारणले ७ सय भन्दा बढि बोका, भालेको बली चढाईएका थिए । मन्दिरमा नवमीको दिन विहानदेखि सर्वसाधारणको तर्फबाट बलि दिने चलन रहेको थियो । यसै गरी साँझ हाँस, भाले, भेडा, बोका र राँगो गरि पन्चवली पुजा दिने प्रचलन रहेको छ ।


यस सम्वन्धमा दोलखामा फुलपाती देखि नवमीसम्म गरिने पूजाआजा सम्वन्धमा भीमेश्वर नगरपालीका वडा न.ं २ का वडाध्यक्ष श्री विराजमान श्रेष्ठसंग संम्पर्क गर्दा दोलखा भीमेश्वरमा गरिने सरकारी पूजाआजा र गुठी संग सम्वन्धीत विधि विधानका पूजाहरु बाहेक अन्य सर्वसाधारण संग सम्वन्धीत कुनै पनि पूजाआजा नहुने जानकारी दिनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!