Search

दशैको मुखमै फेरी बढ्यो प्याजको मूल्य

दशैको मुखमै फेरी बढ्यो प्याजको मूल्य

०५ कार्तिक ,बाँपीझ्याला, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य फेरी बढेको छ । बुधबार प्याजको मूल्य औसतमा मंगलबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।

कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य बुधबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। बुधबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।

मंगलबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।

बजारमा खुद्रा व्यापारीहरुले प्याजको मूल्य मनलाग्दी हिसावमा लिने गरेका छन । बजारमा प्याजको मूल्य १ सय ३० देखि १ सय ५० सम्मपनि लिने गरेको पाइन्छ । अझै पनि बजारमा यसको कालोबजारी भैरहेको छ ।

Comments

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!