Search

पन्जाब ५ विकेटले विजयी

पन्जाब ५ विकेटले विजयी

०५ कार्तिक , बाँपीझ्याला, एजेन्सी । यूइयीमा भएको इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पन्जाबले दिल्लीलाई ५ विकेटले हराएको छ ।

पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे ।

खेलमा दिल्लीका शिखर धवनको हानेपनि जित दिलान सकेनन । उनले दिल्लीका लागि नटआउट १०६ रन बनाएका थिए । त्यसैले उनलाई म्यान अफ द म्याच चुनियो ।

आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ ।

तेस्रो विकेट गुम्दासम्म पन्जाबको स्कोर ५६ रन थियो । निकोलस पुरनले पन्जाबको स्कोर उकासे । उनले २८ बलमा ५३ रन जोडे । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे । दीपक होडा १५ र जिम्मी निशम १० रनमा नटआउट रहे । बलिङतर्फ कागिसो रबाडाले २ विकेट लिए ।

पन्जाबका लागि मोहम्मद शामी सबैभन्दा सफल बलर बने । उनले २८ रन खर्चिएर दुई विकेट लिए। ग्लेन म्याक्सवेल, जेम्श निशम र मुरुगन आश्विनले एक–एक विकेट लिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment