Search

क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीर दरबार हाइस्कुलको उद्घाटन आज

क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीर दरबार हाइस्कुलको उद्घाटन आज

०५ कार्तिक, बाँपीझ्याला, काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले काठमाडौंको जमलमारहेको ऐतिहासिक रानीपोखरीर दरबार हाइस्कुल दुवै क्षतबिक्षत बनायो। भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको क्रममा सबैभन्दा धेरै विवादास्पद सम्पदा बन्यो, त्यहीरानीपोखरी। काठमाडौं महानगरपालिकाले छड, सिमेन्ट अन्य निर्माण सामग्री प्रयोग गरेररानीपोखरीलाई स्विमिङ पुल बनाउन खोजेको भन्दै व्यापक आलोचना भयो।

त्यतिमात्रै होइन, महानगरका उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमारानीपोखरी परिसरमा ताल्चा लगाउनेर मेयर विद्यासुन्दर शाक्यले ताल्चा काट्नेसम्मका विवाद सतहमा देखिए। झण्डै दुई वर्ष विवादमा रुमल्लिएकोरानीपोखरी अहिले पुरानै स्वरूपमा फर्किएको छ।

भग्नावशेषर उराठलाग्दोरानीपोखरी अहिले हराभरार चिटिक्क छ। भूकम्पले भत्किएको बालगोपालेश्वर मन्दिरलाई प्राचीन ग्रन्थकुटशैलीमा पुनर्निर्माण गरेर पुरानै स्वरूपमा फर्काइएको छ। नेपाल पुनर्निर्माण प्राधिकरणका सम्पदाविदराजुमान मानन्धरले बुधबारराष्ट्रपति विद्यादेवी भण्डारीलेरानीपोखरी उद्घाटन गर्ने बताए।

‘रानीपोखरीको औपचारिक उद्घाटन बुधबार गर्ने कार्यक्रम तय गरिएको छ,’ उनले भने, ‘प्राधिकरणले पुनर्निर्माण सम्पन्न भएकोरानीपोखरी केही समयपछि मात्रै हस्तान्तरण गर्नेछ।’

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!