Search

भीमेश्वर नगरपालिकाले नगरवासीको पिसिआर परिक्षण र उपचार निशुल्क गर्ने

भीमेश्वर नगरपालिकाले नगरवासीको पिसिआर परिक्षण र उपचार निशुल्क गर्ने

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको ५९ औँ नगरकार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । बैठकले कोविड १९ को लक्षण देखिएका संक्रमितहरुलाई आइसोलेशनमा राखी उपचार गर्दा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ । बैठकले भीमेश्वर नगरवासीहरुमा कोरोना भाइरस रोग संक्रमण भई लक्षण देखिएको अवस्थामा निशुल्क पिसिआर परिक्षण गर्ने र पोजिटिभ नतिजा आई उपचार गर्दा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाको विपद कोषबाट गर्ने निर्णय समेत गरेको हो ।

त्यसैगरि आज बसेको बैठकले सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा निर्माण भइरहेको सार्वजनिक शौचालय सहितको बहुद्धेश्यीय भवन निर्माण अवधि थप गर्न नगर विकास कोषलाई अनुरोध गर्ने निर्णय गरेको छ । कोषको अनुदान तथा ऋण सहयोगमा निर्माण भइरहेको भवन निर्माण लकडाउनका कारण रोकिएको भन्दै नेपाल सरकारको निर्णय अनुसार कात्तिक मसान्त सम्म म्याद थप गरेको थियो । उक्त भवनका लागी नगर विकास कोषबाट खटाएका कन्सल्टेन्सीबाट समेत चैत्र मसान्त सम्म म्याद थपको सिफारीस भएकाले कोषलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यसैगरि प्रस्तावित सातदोबाटो सपिंग कम्प्लेक्स सिनेमा हलको डिपिआर तयार भएको र डिपिआर अनुसार १७ करोड ११ लाख ९६ हजार ५ सय ७३ रुपैयाँ लागत लाग्ने भएकाले ऋण तथा अनुदानका लागी नगर विकास कोष सँग अनुरोध गर्ने निर्णय गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावति वडा कार्यालयका कार्यालय सहयोगी स्वर्गीय गोपी थामीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले किरिया खर्चका लागी ४० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो ।

अब प्राथमीक स्वास्थ्य केन्द्र, चरिकोट अस्पताल


चरिकोट प्राथमीक स्वास्थ्य केन्द्रलाई चरिकोट अस्पतालको रुपमा नामाकरण गरिएको छ । भीमेश्वर नगरपालिकाले विगतमा न्याय हेल्थ नेपाल र नेपाल सरकारकार स्वास्थ्य मन्त्रालय बिच भएको सम्झौता अनुसार अस्पताल सञ्चालन भएको थियो ।


अस्पतालको सेवा विस्तार गर्न आवश्यक पर्ने जनशक्ति भने प्राथमीक स्वास्थ्य केन्द्र चरिकोटको प्राविधिक टोलीले तयार पारी अस्पताल व्यवस्थापन समिति बैठकको निर्णयानुसार प्राप्त दरवन्दी विवरण कार्यपालिकाबाट स्वीकृत गरि आगामी नगर सभामा अनुमोदनका लागी पेश गर्ने निर्णय गरेको छ ।
त्यसैगरि चरिकोट अस्पतालको विस्तारित सेवाका लागी भौतिक पुर्वाधार, स्वास्थ्य पुर्वाधार लगाएत फार्मेसी पुर्वाधार सुधार गर्ने भएको छ । त्यसका साथै अन्य पुर्वाधारको सामान्य मर्मत सम्भार तथा न्युनतम थप पुर्वाधार निर्माण गर्न लागत अनुमान सहितको सुझाव प्रतिवेदन कात्तिक मसान्त सम्म पेश गर्न कार्यटोली गठन गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!