Search

लोकतन्त्रलाई उन्नत बनाउने जिम्मेवारी सबैको हो : प्रवक्ता श्रेष्ठ

लोकतन्त्रलाई उन्नत बनाउने जिम्मेवारी सबैको हो : प्रवक्ता श्रेष्ठ

बाँपीझ्याला, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानका सकारात्मक पक्षहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु सबैको जिम्मेवारी भएको स्मरण गराएका छन् ।
उनले नेपाली जनताको बलिदानीपूण र महान् संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्थाविरुद्ध कोही पनि जान नमिल्ने जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठले, ‘नेपाली जनताको बलिदानीपूण महान् संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्था विरुद्ध हामी कोही पनि जानु हुँदैन’, उनले भनेका छन्, ‘संविधानको सकारात्मक पक्षहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु हामी सबैको जिम्मेवारी हो ।’

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको अधिकारकाबारेमा दिएको अभिव्यक्तिबारे विवाद भइरहेका बेला प्रवक्ता श्रेष्ठको यस्तो भनाइ सार्वजनिक भएको हो । प्रधानमन्त्री ओलीले नेकपा कर्णाली प्रदेशका नेताहरुसँगको भेटमा सवै प्रदेश सभाको दलकै नेता नै आफै रहेको बताएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!