Search

डा.प्रकाश श्रेष्ठ अर्थमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त

डा.प्रकाश श्रेष्ठ अर्थमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त

०४ कार्तिक , बाँपीझ्याला, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठ अर्थ मन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई सोमबार आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका हुन् ।

श्रेष्ठ आजबाट राष्ट्र बैंकबाट काजमा अर्थमन्त्रालयमा हाजिर हुनेछन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ हाल केन्द्रीय बैंकमा लघुवित्त सुपरीवेक्षण विभागका प्रमुख छन् ।

यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैैंकबाट डा. रामशरण खरेललाई आर्थिक सल्लाहकार बनाएर अर्थ मन्त्रालय काजमा ल्याएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!