Search

पैसा नहुने कोरोना संक्रमित कहाँ जाने सरकार ?

पैसा नहुने कोरोना संक्रमित कहाँ जाने सरकार ?

०४ कार्तिक, बाँपीझ्याला, काठमाण्डौं । सरकारले आईतबार कोरोनाको परीक्षण तथा उपचार शुल्क नागरिक आफैले व्यहोर्नु पर्ने निर्णय गरेको भोलिपल्ट सरकारी अस्पतालले नै सूचनै टाँस्यो ।

खानाको क्यान्टीनदेखि अस्पताल प्रशासन सम्म नगद जम्मा नगरी सरकारकै मुख्य अस्पतालहरु सिभिल, शिक्षण अस्पताल, पाटन अस्पताल लगायतले बिरामी भर्ना गर्ने नमाने पछि सर्वसाधारण थप जोखिममा पर्ने चिन्ता बढेको छ ।

साधारण रुपमा पनि लक्षणै नदेखिए पनि कोरोना लागेका नागरिकले अस्पतालमा भर्ना हुँदा दैनिक न्युनतम ३५ सयका दरले पाँच दिनका लागि बुझाउनु पर्ने छ । आशिंक लक्षण देखिएकाले ७ हजार र आईसियुमा भर्ना गर्नु पर्ने बिरामीले दैनिक १५ हजार सम्म बुझाउनु पर्ने सरकारले नै तोकेको छ ।

यस्तो स्थितिमा बिपन्न नागरिकको उपचारमा सहयोगी रहने गरेका सरकारी अस्पतालमै यति महंगो शुल्क बुझाएर उपचार गराउन सामान्य गरीव परिवारका संकमितले कसरी सक्लान ?

अर्कोतिर सरकारले विपन्नहरुको निशुल्क उपचार गर्ने भनेको छ । तर यहाँ विपन्न र धनी छुट्याउने संयन्त्र अस्पतालमा छैन । विपन्नको सिफारीस स्थानीय तहले गर्ने र अस्पताल प्रशासनले तोक लगाउने एउटा उपाय होला ।

तर यस्ता सिफारीस तयार पार्ने तत्काल पँहुच पनि अलि हुने खानेहरु नै या राजनीतिक पँहुच भएकाहरुकै हुन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!