Search

अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघ्यो

अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघ्यो

०४ कार्तिक, बाँपीझ्याला, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोबाट संक्रमित हुनेको संख्या ८० लाख १९ हजार २३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५२ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म २ लाख १७ हजार ६५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५८८ संक्रमितको मृत्यु भएको छ ।

अमेरिका कोरोनाका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित देश हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!