Search

प्रमुख जिल्ला अधिकारीले दशैंमा जिल्ला छोड्न नपाउने, यस्तो छ गृह मन्त्रालयको निर्देशन

प्रमुख जिल्ला अधिकारीले दशैंमा जिल्ला छोड्न नपाउने, यस्तो छ गृह मन्त्रालयको निर्देशन

बाँपीझ्याला, काठमाडौं । गृह मन्त्रालयले कोरोना कहरको बीचमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंमा पनि जिल्ला छोड्न नपाउने भएका छन् । सोमबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जिल्लामा कोरोना सुरक्षाको व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले जिल्ला नछोड्न निर्देशन दिएको हो ।

नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्नरगराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!