Search

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई ऋण प्रदान गर्ने, बैंक र नगरपालिकाबीच सम्झौता

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई ऋण प्रदान गर्ने, बैंक र नगरपालिकाबीच सम्झौता

बाँपीझ्याला, काठमाडौँ । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका कृषकहरुलार्य कृषिऋण प्रदान गर्नेगरी पाँचखाल नगरपालिकासँग सम्झौता गरेको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा पाँचखाल नगरपालिकासँग उक्त सम्झौता गरेको हो ।


उक्त सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिकबीच हस्ताक्षर गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!