Search

दशै नजिकीदै सुनको मूल्य घट्यो

दशै नजिकीदै सुनको मूल्य घट्यो

२ कार्तिक , बाँपीझ्याला, काठमाडौं । दशै नजिकिदै गर्दा कार्तिक महिनाको पहिलो कारोबार दिन सुनको मूल्य ओरालो लागेको छ । आज आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन असोज ३० गते सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८९९.०४ डलरमा कारोबार भएको छ। यस्तै चाँदी २४.१६ डलर प्रतिऔंसले कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment