Search

दशैं उल्लासपूर्ण रहोस् !

दशैं उल्लासपूर्ण रहोस् !
बाल कुष्ण श्रेष्ठ “पासा”

नचाहेर उर्लेको भावनालाई,
सद्भावमा परिणत गर्नुछ,
अभावलाई स्वभावतः
प्रभावमा ढाल्नुछ,
तर निरीहतालाई बुझेर,
प्राणीको महिमा सम्झेर,
आफ्नो गरिमाको निमित्त,
प्रतिस्पर्धामा नउत्रनु उचित,
गाँस हाल्नु अगाडि घाँटी बुझ्नुछ,
उ भन्दा म के कम भनेर होइन,
म भन्दा निम्न बाँचेका छन् कसरी,
पेट त उनीहरुको पनि हो,
मेरो पनि,
जाडो त मलाई पनि लाग्छ,
उनलाई पनि,
ईच्छा निम्नको पनि जिउनु हो,
उच्चको पनि,
फरक त्यत्ति हो बाबै,
उच्च होलीवाईनमा ढल्ने गर्छन्,
निम्न ठर्रा ट्वाँटमा,
बनाईने अन्न एउटै हो,
फरक छ त प्रविधिको,
मेशिनमा पेलिएको सिलबन्दी,
घरमा खारिएको बोतलबन्दी,
आँखिर चल्छ त मुखै भित्र,
यसलाई दशैंमा नै सुर्क्याउनु पर्छ र,
दशैं त फुर्सदिलो क्षणको उमंग हो,
जीवन जगतको अभिन्न्न तरंग हो,
कहिले न्यूएअर,
कहिले क्रिसमस, कहिले ईद,
विदेशीलाई पनि लाग्छ माहोल,
तर भिन्नता छ,
रिसइबि हुदैन उनीहरुमा,
मनोरञ्जन हुन्छ,
खुशी साटासाट हुन्छ,
ती प्रक्रियामा हामी पछि छौं,
परिमार्जनको जरुरी छ,
परिवर्तन आवश्यक छ,
चाडपर्व पाखुरा सुर्काएर होइन,
संस्कृति हुर्काउन जरुरी छ,
अनुकरण गरेर होइन
अनुसरण गराईनु जरुरी छ,
त्यसैले दशैं संस्कृति बनोस्,
विकृतिको उपमा नहोस्,
समयलाई आत्मसात् गर्नुछ,
परिस्थितिलाई बुझ्नुपर्छ,
दशैं शोकले होइन,
शोखले मनाऔं,
बदला लिएर होइन,
बदलामाा शुभकामना दिएर मनाऔं ।
शक्ति मिलोस् सबमाा लड्न,
कोरोनासंग सामना,
सम्पूर्ण नेपालीजनमा,
बडादशैंको शुभकामना !!

हाल् बौद्ध काठमाडौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!