लकडाउन डायरी :
हिजो आज यो काविड –१९ भन्ने महामारीले सबैलाई त्रसित बनाएको अवस्था छ । आज यतिजना मान्छेहरु संक्रमीत भए, यतिजना मान्छे मरे । फेरी भोली पल्ट सुन्यौ त्यस्तै कुरा । आखिर यो रोग साच्चिकै महामारी पो रहेछ । उफ मान्छेको जिन्दगी अव रहरले होईन कहरले वित्ने भयो मान्छेको जिन्दगी । कहिले बाँढीपहिरोको चपेटामा कहिले गाडी दुर्घटनामा, कहिले हवाई दुर्घटनामा त कहिले महा भुकम्पमा ज्यान गुमाउनु परेको छ ।
लामो सुस्केरा हाल्दै म आफ्नो जिन्दगीदेखि वाक्क दिक्क मान्दै थिए । मेरो मनको हरेक कल्पनाहरु उक्लीन्दै थियो । अनि यसै बेला मेरो यी कोमल हातले कलम समाती कोरोना शिर्षकमा कलम चलाउन थाले । पेशाले म शिक्षक थिए । लकडाउनले बन्द भएको विद्यालय सधैको लागि बन्दै होला भन्ने मेरो मनमा पिरोलो भएको थियो । मेरो विद्यार्थीहरु अहिले के गर्दै होलान ? कतै ति विद्यार्थीहरुले पढ्ने अक्षरहरु त विर्सेका छैनन् ? कसै कलम कापि समाउने हातहरुलाई बन्दाबन्दी गरेका त छैनन् ? यस्तै यस्तै कुराहरु सोची रहन्दा सोची रहन्दै अचानक मेरो मोवाईलमा घण्टी बज्यौ । मैले फोन उठाए र कुरा गर्न थाले आखिर उ कोही नभएर एकजना विद्यार्थी रहेछ । भनिन्छ हुने विरुवाको चिल्लो पात, हो त्यो विद्यार्थी एउटा चिल्लो पात जस्तै थियो ।
उस्ले सोध्यौ, सर । हाम्रो स्कूल कहिलेदेखि खुल्छ ? मलाई केहि कुराहरा सोध्नु थियो, म अलमलमा परे सर । अनि मैले उसलाई भने, बाबु अहिले स्कूल पुरै लकडाउनमा छ । हालसालै तुरुन्त खुल्ने अवस्था छैन । बरु यसो गर मलाई एकपल्ट भेट्ने कोसिस गर न । म तिम्रो अप्ठ्याराहरुलाई सहज बनाउने वातावरण मिलाउने छु ।
उसले हस सर भन्दै फोन राख्यौ । भोली पल्ट उसले मलाई भेट्न आयो । अनि मैले सोध्न थाले, बाबु । तिम्रो घरम टेलिभिजन छ ? उसले जवाफ दियो छ सर ।
ल सुन । अहिले नेपाल टेलिभिजन च्यानलबाट कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थी भाई बहिनीहरुलाई नेपाल सरकारले लकडाउनको समयमा कुनै पनी बालबालिकाहरु शिक्षा लिनबाट बन्चित नहोस सिकाई कार्यलाई सहज बनाउनको लागि सेवा र सुविधाको प्रदान गर्दै आएको छ । अझ यतिमात्र नभएर अनलाईन कलास पनी संचालनमा ल्याएको छ ।
त्यसै गरी स्थानिय एफ. एम. रेडियोहरु जस्ता अन्य बैकल्पीक प्रणालीहरुबाट शिक्षण सिकाई क्रियाकलापहरु अगाडी बढाई रहेको अवस्था छ । तिमीले यो कार्यक्रमहरु राम्रो संग हेर, सुन र अरु तिम्रा साथीहरुलाई पनी सुनाई देउ । यसमा नबुझेका केही कुराहरु छन भने फोन गरेर मलाई सम्पर्क गर्न सक्छौं है त । हस सर भन्दै उ आफ्नो गन्तव्य तिर पाईला बढायो ।
म पनी आफ्नो लकडाउन समयलाई सदुपयोग गर्दै कहिले कथाहरु, कहिले कविताहरु लेख्दै समय विताउथे । एकदिन म “छोरीको अठोट” शिर्षकको एउटा छोरीले पनी पढ्न पाउनु पर्छ भन्ने सन्देशमुलक बाल कविता लेख्दै थिए । यतीनै बेला एकजना अभिभावकको फोन आयो । फोन उठाए । वहाँ एक जना महिला हुनु हुन्थ्यौ । वहाँले साुेध्नु भयो । सर हाम्रो बच्चाहरुको स्ूकूल कहिलेदेखि लाग्छ ?
मैले भने – अहिले लकडाउनको अवस्था छ । सायद हत्तपत्त खुल्दैन होला । किन र बहिनी ? मैले पुनः सोधे ।
सर । हाम्रो बच्चाहरु साहै विग्रीसके । घरमा एकछिन पनी पढ्ैनन् । खाली खेलेको खेलेकै गर्छन । हामी त हैरान भईसक्यौ सर । भनेको कुरा फिटिक्कै टेरदैन्न ।
मैले वहाँको कुरालाई स्विकारै भने । ठिक छ बहिनी, हामी भोलीदेखि नै तपाईको टोल टोलमा आउँने छौं र तपाईहरुसित बसि बच्चाहरुलाई पढाउने् वातावरण बनाई सहजिकरण गर्नेछौं हैत । हस सर धन्यवाद भन्दै फोन राखिन् ।