Search

न्यूजिल्याण्ड चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डन भारी मतले विजयी

न्यूजिल्याण्ड चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डन भारी मतले विजयी

बाँपीझ्याला, न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको पार्टी शनिबार भएको आम निर्वाचनमा भारी मतले विजयी भएको छ ।

धेरैजसो मत गनिसकिएको छ । हालसम्म प्राप्त नतिजामा आर्डनको लेबर पार्टीले ४९ प्रतिशत भोट पाएको छ र उनले न्यूजिल्याण्डको राजनीतिमा दुर्लभ बहुमत हासिल गर्ने आशा गरिएको छ ।

विपक्षी मध्य–पंथी नेशनल पार्टीले अहिलेसम्म २७ प्रतिशत भोट पाएको छ र पार्टीले आफ्नो हार स्विकारिसकेको छ ।

यो चुनाव एक महिना अघि नै हुनुपर्ने थियो तर कोभिड–महामारीका कारण यो स्थगित गरिएको थियो ।

मतदान स्थानीय समयानुसार बिहान ९ बजे सुरु भयो जुन बेलुका ७ बजेसम्म खुल्ला गरिएको थियो ।

न्यूजिल्याण्डमा आम निर्वाचनका साथै जनतालाई दुई जनमतसंग्रहमा पनि मतदान गराइएको थियो ।

आर्डनले के बहुमत हासिल गर्लिन त ?

चुनाव आयोगका अनुसार लेबर पार्टीले ९ प्रतिशत, नेशनल पार्टीले २७ प्रतिशत र ग्रीन र एक्ट न्यूजिल्याण्ड पार्टीले ८–८ प्रतिशत भोट पाएका छन् ।

नेशनल पार्टीकी नेता जुडिथ कलिङ्ग्सले जसिन्डा आर्डर्नलाई बधाईसमेत दिइसकेकी छिन् ।

जीतपछि आफ्नो समर्थकलाई सम्बोधन गर्दै आर्डर्नले भनिन्, ‘न्यूजिल्याण्डले लेबर पार्टीलाई ५० वर्षमा सबैभन्दा ठूलो समर्थन दिएको छ । हामीले तपाईंको समर्थनलाई हल्का रुपमा लिने छैनौं । म बचन दिन चाहन्छु कि हाम्रो पार्टीले हरेक नागरिकका लागि काम गर्नेछ ।’

आर्डर्नको पार्टीले ६४ सिट पाउन सक्छ । न्यूजिल्याण्डमा सन् १९९६ मा लागू भएको संसदीय प्रणाली (एमएमपी) पछि कुनै पनि पार्टीले बहुमत हासिल गरेको छैन ।

चुनाव अघि विश्लेषकले आर्डर्नको पार्टीले यति ठूलो जीत हासिल गर्ने कुरामा शंका व्यक्त गरेका थिए ।

युनिभर्सिटी अफ अकल्याण्डकी प्राध्यापक जेनिफर कर्टिनले यसअघि पनि पार्टी नेताले बहुमत पाउने आशा गरिएको थियो तर उनीहरु विफल भएका थिए ।

उनले भनेका थिए, ‘न्यूजिल्याण्डका मतदाता रणनीतिक मतदान गर्छन् र आफ्नो भोट पार्टीबीच बाँड्छन् । करिब ३० प्रतिशत मतदाता साना पार्टीलाई भोट दिन्छन् । यस्तोमा लेबर पार्टीले ५० प्रतिशत भोट हासिल गर्न मुश्किल हुनेछ ।’

आर्डर्नले आफ्नो चुनाव अभियानमा पर्यावरण सम्बन्धि नीति ल्याउने, पिछडिएका स्कूलका लागि थप आर्थिक सहयोग प्रदान गर्ने र धेरै आय भएका मानिसहरुमाथि अतिरिक्त कर लगाउने बचन दिएकी थिइन् । –बीबीसी

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment