०१ कार्तिक, बाँपीझ्याला, सिन्धुपालचोक । हेलम्बु गाउँपालिकाले उपभोक्ताहरुलाई सफ्टवेयर आर्फत सम्झौता गर्ने प्रचलन थालनी गरेको छ । उपभोक्ताहरुको काम छिटो र छरितो गर्न यो आर्थिक वर्षदेखि प्रक्रिया सुरुवात गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनु भयो
यस पालिकाले असोजको आधाआधीमै योजना सम्झौता गरिसेको छ । जसअनुसार पालिकाको ७ वटा वडामा २ सय १७ वटा योजना रहेकोमा २७ वटा सम्झौता भएर ७ वटा सम्पन्न नै भईसकेको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले जानकारी दिए ।
नेपालकै नमुना गाउँपालिका मध्ये हेलम्बु गाउँपालिका बिकास निर्माण र प्रशासनको काममा निकै आगाडि एक तथ्यांकले देखाएको छ।