Search

जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित देखिए

जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित देखिए

बाँपीझ्याला, एजेन्सी । जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टायता कम्तीमा पनि सात हजार जना सङ्क्रमितहरु देखिएका हुन् ।

यहाँका अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्ताहरुमा कोभिडको दोस्रो लहर आएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना जना सङ्क्रमितहरु देखिएका हुन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टायता यहाँ ७ हजार ३३४ जना सङ्क्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी शुरुभए यताकै सबैभन्दा धेरै संख्या भएको भनेका छन्

जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका हुन् । उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी थिइन् ।

जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएकी हुन् । उनले बिहीबार पत्रकार सम्मेलनमा भनेकी थिइन् –‘हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ ।’

उनले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको बताएकी थिइन् । तर पनि अहिलेको अवस्थामा जर्मनीले लकडाउन गर्न सक्ने अवस्थामा भने नरहेको पनि उनले स्पष्ट गरेकी छिन् । आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान नसकिने र यही खुला रहेकै अवस्थाबाट नै उपचारका विधिहरु तय गर्नुपर्नेमा यहाँका अधिकारीहरुले जोड दिँदै आएका छन् ।

जर्मनीमा अहिलेसम्ममा तीन लाख ४८ हजार ५५७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी यहाँ ९ हजार ७३४ जनाको ज्यान गएको बताइएको छ । यकाँका २ लाख ८४ हजार जना सङ्क्रमित निको भएका छन् । –सिन्ह्वा

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!