बाँपीझ्याला, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
कार्तिक २ देखी अर्को सुचना नभएसम्मको लागी प्रशासनको सेवा स्थगित गरिएको ललितपुरका प्रजिअ नारायण प्रसाद भट्टले बताए ।
जिल्ला कोभिड–१९ संकट व्यवास्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।
उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक रुपमा बढिरहेको अवस्थामा सेवाग्रहीहरुको भिडभाड बढेकाले संक्रमण फैलनसक्ने जोखिमका कारण सेवा स्थगित गर्नुपरेको प्रजिअ भट्टले बताए ।
सवै सरोकारवाला निकायसँगको छलफल डिसिसीएमसीले सो निर्णय गरेको हो ।