Search

अमेरिकी राजनीतिमा ‘ट्विटर तुफान’

अमेरिकी राजनीतिमा ‘ट्विटर तुफान’

३० असोज, बाँपीझ्याला, काठमाडौँ । अमेरिकामा रिपब्लिकन दलका सिनेटरहरूले डेमोक्र्याटिक दलका राष्ट्रपति उम्मेदवार जो बाइडनप्रति आलोचनायुक्त समाचार विवरण प्रकाशन गर्नबाट रोक्ने निर्णयलाई लिएर ट्विटरका प्रमुख ज्याक डोर्सीलाई केरकार गर्ने बताएका छन्।

बुधवार ट्विटरले मानिसहरूलाई न्यूयोर्क पोस्टको लेख राख्न रोकेको थियो जसमा बाइडनको छोरा हन्टरसँगको इमेल तथा तस्बिरहरू थिए।

सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्ड्से ग्राहमले अर्को साता डोर्सीलाई सोधपुछका निम्ति डाक्न मतदान गरिनेछ।

अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले ट्विटरको कदमलाई निर्वाचनमा हस्तक्षेपको सङ्ज्ञा दिएका छन्।

सिनेटमा रिपब्लिकन दलका नेता मिच मक्कनेलले भने, “यदि तपाइँ सूचनालाई छानेर दबाउनुहुन्छ भने त्यो सेन्सरशीप हो। यो देशमा हामीले सदा विचारहरूको प्रतिस्पर्धालाई प्रोत्साहन गरेका छौँ। सबै विचार राम्रा नहोलान् तर त्यो सार्वजनिक बहसबाट काँटछाँट हुन्छ। सूचनाको पहुँचमा रोक लगाउनु हुँदैन।”

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!