Search

मिसेस नेपालको तयारी

मिसेस नेपालको तयारी

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं : विवाहित महिलाको सौन्दर्य निखार्दै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले ई–प्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को तयारी सुरु भएको छ।

आयोजनक ई–प्लानेट प्रालिले बुधबार विज्ञाप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जनाएको हो। ग्रिन आर्टस् नेपालको संयोजन रहने प्रतियोगितामा यो वर्ष कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्तिबाट आन्तरिक छनोटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स–२०१९’ अनिला श्रेष्ठलगायत विभिन्न व्यक्तिबाट प्रशिक्षण प्रदान गरिने जनाइएको छ। २१ देखि ५५ वर्ष उमेरबीचका विवाहित नेपाली महिलाले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमका काममा सक्रिय सहभागिता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए।

प्रतियोगिताको शीर्ष उपाधि विजेताले विभिन्न गिफ्टका साथै सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

यसअघि अनिला श्रेष्ठ, मनीषा डंगोल, पद्मिनी झा, रजनी थापा र मीना घिमिरेले ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गरेका थिए।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!