Search

मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक, २० बर्षमा २ सय ६८ जनामध्ये ३० जनालाई मात्रै कानुनी कारबाही

मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक, २० बर्षमा २ सय ६८ जनामध्ये ३० जनालाई मात्रै कानुनी कारबाही

बाँपीझ्याला, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित २ सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले विगत २० वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्याका उलङ्घनर्ताको सूची सार्वजनिक गरेका हुन्। हालसम्मका एक हजार १ सय ९५ सिफारिस र कार्यान्वयनको अवस्थाको मूल्याङ्कनका आधारमा ती नाम तय गरिएको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।

प्रतिवेदनले नेपाल सरकारका सचिवसहित निजामती सेवाका कर्मचारी १६, नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५, सशस्त्र प्रहरी बलका आठ, तत्कालीन नेकपा (माओवादी) का ६५, शिक्षक ४, चिकित्सक दुईसहित सुराकी, प्रतिकार समूह, सेवागृह सञ्चालक एवम् कैदी समेत थप सात र एकजना मानवअधिकारकर्मीलालाई उलङ्कर्तामा समावेश गरेको छ ।

प्रवक्ता भट्टराईका अनुसार तीमध्ये हालसम्म ३० जनालाई मात्र कानूनी कारबाही भएको र बाँकी २ सय ५६ जनालाई कुनै कारबाही नभएको प्रतिवेदनले देखाएको छ । सिफारिस गरिएका उजुरीमध्ये सबैभन्दा बढी हत्याका घटनासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित छन् ।

प्रतिवेदमा आयोगबाट भएका ३४ प्रकृतिका विभिन्न सिफारिसमा ११ वटा निकायको नाम किटान गरी तिनलाई मानव अधिकार उल्लङ्घनकर्ताका रुपमा पहिचान गरिएको छ ।

आयोगका हालसम्मका सिफारिसमा १ सय ६३ वटा पूर्ण कार्यान्वयन भएका छन् भने ४ सय ४५ वटा सिफारिस आंशिक रुपमा कार्यान्वयन भएका छन् । यस्तै ५ सय ८७ सिफारिस अझै कार्यान्वयन हुन सकेका छैनन् ।

पीडितको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई अधिकांशत

मौद्रिक क्षतिपूर्तिबाट मात्र टुङ्ग्याउने प्रवृत्तिले एकातिर पीडितको पूर्ण न्यायप्राप्तिको अधिकार संकुचन भएको र अर्कातर्फ दण्डहीनताको स्थितिले बढावा पाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले आयोगका वार्षिक प्रतिवेदनमाथि सङ्घीय संसद र प्रदेश सभामा छलफल हुन, राजनीतिक दलका घोषणापत्रमा उल्लेख भएका मानव अधिकारप्रतिको प्रतिबद्धता कार्यान्वयन हुन, दण्डहीनताको स्थिति अन्त्य गरी मानवअधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गराउन सरकारलाई आवश्यक निर्देशन दिन विषयगत संसदीय समितिलाई आग्रह गरेको छ ।रासस

सम्बन्धित

बिहीबार थपिए कोरोनाका ३ हजार ७४९ संक्रमित, ३ हजार ५६४ जना निको भए
काठमाडौं । बिहीबार देशभर ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य

अर्थमन्त्री विष्णु पौडेलले सम्हाले कार्यभार, पाँच तस्वीरमा हेर्नुस अर्थमन्त्रीको पदभारग्रहण
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेका छन् । मन्त्री पौडेलले सिंहदरबारमा पुगेर कार्यभार

बढी भाडा असुल्दै सार्वजनिक यातायात : सरकारलाई मतलब छैन, सर्वसाधारण दिनहुँ ठगिदैं
काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर

शीतल निवासमा नवनियुक्त ३ मन्त्रीले गरे पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!