Search

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण

२९ असोज, बाँपीझ्याला, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष थापाले बिहीबार बेलुका ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

बुधबार सामान्य टाउको दुखेका कारण कोभिड परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको भन्दै अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन्।

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइको कारण कोभिड-१९ पिसिआर परीक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ।’ अध्यक्ष थापाले लेखेका छन्‚ ‘अवस्था सामान्य छ। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!