Search

आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीलाई राष्ट्रिय आदर्श आमा पुरस्कारबाट सम्मान

आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीलाई राष्ट्रिय आदर्श आमा पुरस्कारबाट सम्मान

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
अधिकारकर्मी एवं आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीलाई राष्ट्रिय आदर्श आमा पुरस्कारबाट सम्मान गरिएको छ । वालवालिका, जेष्ठ महिला, अपांग महिला, मानसिक रुपमा असर परेका महिला किशोरीहरुको पुर्नस्थापनामा पुर्याएको योगदानको योगदानको मुल्यांकन गर्दै कार्कीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।

सिर्जना कार्की

रुद्र–गौरी श्री–अम्विकाओली प्रतिष्ठाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ कार्कीलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले विज्ञहरुको पुरस्कार निर्णायक समितिबाट प्राप्त भएको सुझावको आधारमा समाजसेवी एवं अधिकारकर्मी कार्कीलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी दिए ।


हाल कोभिड १९ ले उत्पन्न गरेको प्रतिकुल परिस्थितिका कारण उपयुक्त समयमा औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।


अधिकारकर्मी कार्कीले हालसम्म २ सय २५ भन्दा बढी पीडित महिला, वालवालिको संरक्षण, हेरचाह र अधिकार स्थापनाका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेकी छन् । हाल डेढ दर्जन बढी महिला, किशोरी तथा वालवालिकाहरु कार्कीको संरक्षणमा छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!