अजय प्रधान
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला तत्कालिन ऐतिहासिक दोलखा शहर हालको भीमेश्वर नगर वडा नं. २ तल्लो टोल स्थित तलेजु मन्दिरको भवनको जग्गामा द्वाल्खा संग्रहालय बन्दैछ । ५ करोडको लागतमा बन्न लागेको उक्त संग्रहालय बनाउनको लागि बागमती प्रदेश सरकारले चारदिन अगाडी मात्र बोलपत्र आब्हान गरिसकेको छ ।
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु तथा आफ्नै मातृभाषा, धर्म संस्कृति रहेको यस दोलखा जिल्लाको दोलखा शहर नेपाल राज्य भित्र मात्र प्रख्यात नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं ।

नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ । अर्शुवर्माको समयमा भोट संग नेपालको सम्बन्ध कायम भएको र भोट मार्फत तिब्बतसंग पनि नेपालको सम्बन्ध कायम भएको पाईन्छ । नेपाल र तिब्बत बीचको ब्यापारीक मार्ग खुलेपछि चीन र भारत बीच आवत जावत गर्ने बाटो पनि नेपाल कायम भएको पाईन्छ । मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हँुदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।
यसै गरी वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा राज्यका राजा जयइन्द्रसिंह देवले नेपाल राज्य कै पहिलो चाँदीको सिक्का निकालिएको थियो । जुन चाँदीको सिक्का हिन्दू राज्यको सबभन्दा सुन्दर चाँदीको सिक्का रहेको थियो । यसरी आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए, जुन तथ्यलाई सावित गर्न ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु आजसम्म पनि विद्यमान रहेको छन् ।
भीमेश्वर नगरपालीका वडा नं. –२ डोक्छेमा जन्म भई हाल काठमाण्डौं बालाजु १६ निवासी बर्ष ८२ को समाजसेवि बरिष्ठ ईन्जीयर आत्माकृष्ण श्रेष्ठज्यु हामी दोलखावासीको लागि अपरिचित नाम भने पक्कै होईन । आफु काठमाण्डौं बसेपनी बाल्यकालदेखि वहाँको दिल दिमाग सदादिन दोलखामा नै रहेको बताउनु हुन्छ ।

बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको भनाई अनुसार दोलखा जिल्लामा कृषि र पर्यटनलाई उकास्न सक्यौ भने मात्र दोलखाको सामाजिक र आर्थिक विकासमा रुपान्तरण हुन्छ भन्ने मान्यता रहेको छ । यसरी कलिलो उमेर देखि अहिले ८२ वर्षको उमेर सम्म निरन्तर दोलखा जिल्लाको सामाजिक, सास्कृतिक र आर्थिक विकासको लागि व्यक्तीगत र संस्थागत भुमिका निभाउदै आउनु भएका अति मिलनसार समाजसेवि बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठज्युको दोलखामा एउटा साँस्कृतिक संग्रहालय बनाउने ठुलो लक्ष्य थियो । सायद जिवनको ठुल्ला उद्देश्य र लक्ष्य मध्ये भीमेश्वर नगरपालिका वडा नं २ दोलखामा ५ करोड लगानीमा राजकुलेश्वर तलेजु मन्दिर परिसरमा द्वाल्खा मुद्रा तथा साँस्कृतिक संग्रहालय बनाउनको लागि बोलपत्र आब्हान भईसकेको छ । उहालेँ यस संग्रहालय निर्माणको लागि गर्नुृ भएको अथक प्रयासको लागि दोलखा जिल्लावासी तथा दोलखावासीको तर्फबाट हार्दिक धन्यवादको पात्र हुनु बन्नु भएको छ ।
बरिष्ठ ईन्जिनिय श्रेष्ठको भनाई अनुसार वि.सं. २०६८ सालमा सिंगटीमा निर्मित सामूदायिक अस्पताल हस्तान्तरण कार्यक्रममा गएर फर्केर आएको बेलामा भारतिय दुतावासका सेक्रेटरी डि.के. गुप्ता पनि वहाँको साथमा हुनु हुन्थ्यौ । यसै गरी सिंगटीबाट काठमाण्डौं फर्कर्नेक्रमा दोलखा आईपुग्दा गफै गफमा दोलखा ऐतिहासिक शहर भएको कारणले गर्दा यसको भिन्न पहिचान र महत्व रहेको छ । त्यसैले यहाँ रहेका बिभिन्न साँस्कृतिक, ऐतिहासिक मुल्य र मान्यता बोकेको पुरातात्वीक महत्वका देवि देवताका प्रतिक, ताम्रापत्र, ताडपत्र आदी जस्ता ऐतिहासिक महत्वका विषयहरुलाई सुरक्षण दिनको लागि यहाँ एउटा ऐतिहासिक संग्राहलय आवश्यक भएको र उक्त कार्यको लागि भारतले सहयोग गर्नु पर्छ भनी शुरुमा प्रस्ताव राखेको सम्झना गर्नु हुन्छ ।

यसरी संग्रहालय बनाउनको लागि दोलखामा खाली जग्गा खोेजेर बनाउनु पर्छ भन्ने बेलाको सन्दर्भमा दोलखाका धेरै भन्दा धेरै व्यक्ति, व्यक्तित्वहरु संग सल्लाह गर्दै हुनु हुन्थ्यौ र यसरी सल्लाह सुझाव लिनेवेलामा भीमेश्वर नगरपालीका वडा नंं २ का लक्ष्मण जोशीको वहाँको सम्पर्कमा आउनु भएको सम्झना गर्दै दोलखाको ढोकुलुङ्गामा जग्गा मिलाउन त्यहाँको स्थानिय वासिन्दाहरु संग धेरै पटक छलफल र आग्रह गर्दा पनि नमिले पछि राजकुलेश्वर तलेजु मन्दिरको परिसरमा जग्गा मिल्ने वितिकै संग्रहालयलाई मुर्तरुप दिन संग्रहालय सहयोग समिती गठन गरि आफै संयोजक बसि नेतृत्व लिई बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठद्धारा तयार पारिएको “द्वाल्खा मुद्रा तथा साँस्कृतिक संग्रहालय” बनाउनको लागि अवधारणा सहित २०७४ साल असोज महिनामा पुरातत्व विभागमा निवेदन पत्र दर्ता गराएपछि यसको चर्चा हुन थालेको हो । जग्गा अभावको कारण केहि समय अन्यौलमा रहेको यस कार्य जग्गा मिल्ने वितिकै भीमेश्वर नगरपालिका चरिकोट दोलखाका नगरप्रमुख भरत बहादुर केसिज्युको सक्रियतामा बागमती प्रदेश र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा साँस्कृतिक संग्रहालय बन्ने विस्तृत परियोजना रिपोर्ट (डीपीआर) समेत तयार भई दुई वर्षमा सम्पन्न गर्ने शर्तमा रु. ५ करोड रकम बराबरको ठेक्काको बोलपत्र हुन लागेको खबरले दोलखाबासीमा नयाँ खुसीको आयाम ल्याएको पाईन्छ । यसै गरी यस कार्यमा लागि पर्नु भएका समाजसेवी बरिष्ठ ईन्जीनियर श्रेष्ठज्यूले खुसी व्यक्त गर्नु हुन्छ । यसरी विशेष गरेर दोलखामा संग्रहालय बन्नु पर्छ र दोलखाबाट लिने हैन दोलखालाई सकेको दिनु पर्छ भनि अनवरत रुपमा लाग्दै आउनु भएका ८२ वर्षिय समाजसेवि ई.आत्मा कृष्ण श्रेष्ठज्यु भने धेरै हर्षित हुनुहुन्छ । यस कार्यलाई आजको दिन सम्म आईपुग्न लागि पर्नु भएका वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठज्यु, नगर प्रमुख भरत बहादुर केसीज्यु र बागमती प्रदेशका सासंद माननिय पशुपति चौलागाईज्यु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबै दोलखावासी, शुभचिन्तक दाजुभाई, दिदीहिनीहरु प्रति आभार प्रकट गर्नु हुन्छ । यसरी लगाभ र मेहनत भएपछि गरेर के हुदैन भन्ने सन्देश अहिलेको मुद्रा तथा साँस्कृतिक संग्रहालय दिएको छ भनी बताउनु भयो ।
ऐतिहासिक मुद्रा तथा साँस्कृतिक संग्रहालय बन्न लागेकोमा हामी दोलखावासीले गौरव गर्नु पर्छ । यसले दोलखाको साँस्कृतीक र ऐतिहासिक पक्षलाई जिवन्त राख्न सहयोग गर्ने छ भन्ने भनाई पनि व्यक्त गर्नू यस कार्यमा सम्पूर्ण दोलखावासीको सहयोगको आवश्यकता रहेको औलाउनु भएको छ ।


बरिष्ठ ईन्जिनिय श्रेष्ठको भनाई अनुसार वि.सं. २०६८ सालमा सिंगटीमा निर्मित सामूदायिक अस्पताल हस्तान्तरण कार्यक्रममा गएर फर्केर आएको बेलामा भारतिय दुतावासका सेक्रेटरी डि.के. गुप्ता पनि वहाँको साथमा हुनु हुन्थ्यौ । यसै गरी सिंगटीबाट काठमाण्डौं फर्कर्नेक्रमा दोलखा आईपुग्दा गफै गफमा दोलखा ऐतिहासिक शहर भएको कारणले गर्दा यसको भिन्न पहिचान र महत्व रहेको छ । त्यसैले यहाँ रहेका बिभिन्न साँस्कृतिक, ऐतिहासिक मुल्य र मान्यता बोकेको पुरातात्वीक महत्वका देवि देवताका प्रतिक, ताम्रापत्र, ताडपत्र आदी जस्ता ऐतिहासिक महत्वका विषयहरुलाई सुरक्षण दिनको लागि यहाँ एउटा ऐतिहासिक संग्राहलय आवश्यक भएको र उक्त कार्यको लागि भारतले सहयोग गर्नु पर्छ भनी शुरुमा प्रस्ताव राखेको सम्झना गर्नु हुन्छ ।

यसरी संग्रहालय बनाउनको लागि दोलखामा खाली जग्गा खोेजेर बनाउनु पर्छ भन्ने बेलाको सन्दर्भमा दोलखाका धेरै भन्दा धेरै व्यक्ति, व्यक्तित्वहरु संग सल्लाह गर्दै हुनु हुन्थ्यौ र यसरी सल्लाह सुझाव लिनेवेलामा भीमेश्वर नगरपालीका वडा नंं २ का लक्ष्मण जोशीको वहाँको सम्पर्कमा आउनु भएको सम्झना गर्दै दोलखाको ढोकुलुङ्गामा जग्गा मिलाउन त्यहाँको स्थानिय वासिन्दाहरु संग धेरै पटक छलफल र आग्रह गर्दा पनि नमिले पछि राजकुलेश्वर तलेजु मन्दिरको परिसरमा जग्गा मिल्ने वितिकै संग्रहालयलाई मुर्तरुप दिन संग्रहालय सहयोग समिती गठन गरि आफै संयोजक बसि नेतृत्व लिई बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठद्धारा तयार पारिएको “द्वाल्खा मुद्रा तथा साँस्कृतिक संग्रहालय” बनाउनको लागि अवधारणा सहित २०७४ साल असोज महिनामा पुरातत्व विभागमा निवेदन पत्र दर्ता गराएपछि यसको चर्चा हुन थालेको हो ।

जग्गा अभावको कारण केहि समय अन्यौलमा रहेको यस कार्य जग्गा मिल्ने वितिकै भीमेश्वर नगरपालिका चरिकोट दोलखाका नगरप्रमुख भरत बहादुर केसिज्युको सक्रियतामा बागमती प्रदेश र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा साँस्कृतिक संग्रहालय बन्ने विस्तृत परियोजना रिपोर्ट (डीपीआर) समेत तयार भई दुई वर्षमा सम्पन्न गर्ने शर्तमा रु. ५ करोड रकम बराबरको ठेक्काको बोलपत्र हुन लागेको खबरले दोलखाबासीमा नयाँ खुसीको आयाम ल्याएको पाईन्छ ।

यसै गरी यस कार्यमा लागि पर्नु भएका समाजसेवी बरिष्ठ ईन्जीनियर श्रेष्ठज्यूले खुसी व्यक्त गर्नु हुन्छ । यसरी विशेष गरेर दोलखामा संग्रहालय बन्नु पर्छ र दोलखाबाट लिने हैन दोलखालाई सकेको दिनु पर्छ भनि अनवरत रुपमा लाग्दै आउनु भएका ८२ वर्षिय समाजसेवि ई.आत्मा कृष्ण श्रेष्ठज्यु भने धेरै हर्षित हुनुहुन्छ । यस कार्यलाई आजको दिन सम्म आईपुग्न लागि पर्नु भएका वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठज्यु, नगर प्रमुख भरत बहादुर केसीज्यु र बागमती प्रदेशका सासंद माननिय पशुपति चौलागाईज्यु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबै दोलखावासी, शुभचिन्तक दाजुभाई, दिदीहिनीहरु प्रति आभार प्रकट गर्नु हुन्छ ।

यसरी लगाभ र मेहनत भएपछि गरेर के हुदैन भन्ने सन्देश अहिलेको मुद्रा तथा साँस्कृतिक संग्रहालय दिएको छ भनी बताउनु भयो ।
ऐतिहासिक मुद्रा तथा साँस्कृतिक संग्रहालय बन्न लागेकोमा हामी दोलखावासीले गौरव गर्नु पर्छ । यसले दोलखाको साँस्कृतीक र ऐतिहासिक पक्षलाई जिवन्त राख्न सहयोग गर्ने छ भन्ने भनाई पनि व्यक्त गर्नू यस कार्यमा सम्पूर्ण दोलखावासीको सहयोगको आवश्यकता रहेको औलाउनु भएको छ ।