Search

युरोपमा कोरोनाको दोस्रो लहर तीव्र , फ्राँन्सका विभिन्न शहरमा कफ्र्यु जारी

युरोपमा कोरोनाको दोस्रो लहर तीव्र , फ्राँन्सका विभिन्न शहरमा कफ्र्यु जारी

२९ असोज, बाँपीझ्याला, एजेन्सी । युरोपमा कोरोनाको दोस्रो लहर तीव्र बनेको छ । पहिलो लहर पछि केही नियन्त्रित देखिएको कोरोनाले पुनः गति लिए पछि फ्रान्स सहित विभिन्न देशमा पुनः कडा नियमहरु लागू गरिएका छन् ।

फान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनले पेरिस सहित विभिन्न ९ वटा शहरमा रात्रिकालीन कफ्र्यु आदेश जारी गरेका छन् ।

राति ९ बजेदेखि बिहान ६ बजे सम्म सबै जनताले घरमै बस्नु पर्ने र यो आदेश शनिबारदेखि एक महिना सम्म लागू हुने पनि राष्ट्रपति म्याक्रोनले बताएका छन् ।

उता नेदरल्याण्डले पनि राति १० बजेदेखि आंशिक लकडाउन लागू गरेको छ ।
फ्रान्समा एकै दिन २२ हजार बढी सम्म संक्रमित देखिन थालेका छन् ।

त्यस्तै स्पेनमा ३३ हजार बढी संक्रमित एकै दिन देखिन थालेका छन् । यस्तै रुसमा पनि १४ हजार बढी संक्रमित एकै दिन देखा परेका छन् ।

बेलायत सहित अन्य देशमा पनि कोरोना पुनः बढ्न शुरु गरे पनि कडा नियमहरु जारी भएका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!