Search

सुटिङमा व्यस्त आलिया

सुटिङमा व्यस्त आलिया

असोज, बाँपीझ्याला, मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट कोरोना कहरमा पनि सुटिङमा व्यस्त भएकी छन्। सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुवाई काठियावान्डी’को प्रमुख भूमिकामा आलिया छिन्। यसको सुटिङ मुम्बईको फिल्म सिटीमा धमाधम भइरहेको छ।

निर्माण पक्षका अनुसार जनवरीसम्म फिल्मको सुटिङ पूरा गर्ने लक्ष्य छ। सुटिङमा कलाकार र प्राविधिकले धेरै समय दिन नपरोस् भनेर सेटमा विशेष तरिका अपनाइएको छ। त्यस्तै धेरैजसो दृश्यको सुटिङ रातको समयमा हुने गरेको छ।

प्राविधिक तथा कलाकारहरू पूरै रात सुटिङ गरेपछि बिहान घर जान्छन् अनि पूरै दिन आराम गरेर फेरि फर्कन्छन्।

फिल्म युनिटले कमाठिपुराको दुनियाँलाई रातको समयमा क्यामेरामा कैद गर्न चाहेको छ। सुटिङका दौरान केही व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई बिदा दिइएको छ।

‘गंगुवाई काठियावान्डी’ फिल्ममा अजय देवगन पनि छोटो रोलमा देखिँदै छन्। यद्यपि उनको भागको सुटिङ अहिलेसम्म भएको छैन।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!